काठमाडौं, १७ असोज । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ जनाको नमूना परीक्षण भएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।
शनिबार २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन हाल देशैभरी गरेर ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा रहेका छन । आइसोलेशनमा २१ हजार २ सय ३४ जना रहेका छन ।
यसैगरी पछिल्लो २४ घण्टामा निको हुनेको संख्या पनि हालसम्म कै उच्च रहेको छ । शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना निको भएर घर फर्किएका छन् । अहीलेसम्म कुल संक्रमितमध्ये ६० हजार ६ सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन ।