राजनीति

नेकपा सचिवालय बैठक स्थगित, भोलि अपराह्न ४ बजे बस्ने

काठमाडौं, १७ असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरि स्थगित भएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा सहमति भएको थियो ।

Related Post
Share

This website uses cookies.