खेलकुद

श्रेयस एयरलाई १२ लाख जरिवाना

एजेन्सी, १४ असोज । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलले दिल्ली क्यापिटल्सका कप्तान श्रेयस एयरलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ । संयुक्त अरव एमिरेट्स यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा स्लो ओभर बलिङ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।

मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको थियो । टस जितेर हैदराबादविरुद्ध फिल्डिङमा उत्रिएको दिल्लीले ढिलो गरी बलिङ गरेको भन्दै कप्तान श्रेयस आईपीएलको कारबाहीमा परेका हुन्।

आईपीएलले आचारसंहिता विपरीत ढिलो बलिङ गराएको अभियोगमा बुधबार उनलाई जरिवाना गर्ने निर्णय गरेको हो । यसअघि बैङ्लोरका कप्तान विराट कोहली पनि यहि कारणले जरिवानामा परेका थिए ।

Related Post
Share

This website uses cookies.