विश्व

ट्रम्प र जो वाइडेनबीच इतिहासकै खराब टेलिभिजन बहस

एजेन्सी, १४ असोज । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका प्रतिद्धन्दी डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका उम्मेद्वार जो बाइडेनबीच पहिलो प्रत्यक्ष टेलिभिजन बहस सकिएको छ।

राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक उम्मेदवार पूर्व उपराष्ट्रपति बाइडेन पहिलो पटक आमनेसामने भएका हुन् । बुधबार भएको टेलिभिजन बहसमा दुबै उम्मेद्वारहरुबीच चर्काचर्की समेत भएको छ ।

ट्रम्प र बाइडेनविचको यो बहस इतिहासकै खराब बहस रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उच्च आवाजमा हकार्नू परेको थियो ।

ट्रम्पले कतिपय सन्दर्भमा प्रतिष्पर्धीप्रति सामान्य शिष्टाचारसम्म पनि नदेखाउनु भएको जनाइएको छ । बहसमा कोरोना भाइरसको महामारी,सर्वोच्च अदालत, रंगभेद,अर्थतन्त्र,जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतासहितका विषय उठाइएको थियो । तर हरेक बहसमा अधिकांश समय ट्रम्पको अवरोधका कारण चर्काचर्की भएको थियो ।

ट्रम्पले चुनावको नतिजा जस्तो आए पनि स्वीकार गर्ने या नगर्ने विषयमा बहसको क्रममा प्रतिबद्धता जाहेर गर्नु भएन । तर बाइडेनले निर्वाचनको नतिजा जे आए पनि स्वीकार गर्ने प्रतिबद्धता जनाउनु भयो । ट्रम्पले यसअघि पनि निर्वाचनमा केही गरी हार व्यहोर्न परे शान्तिपुर्ण ढगंबाट सत्ता हस्तान्तरण नहूने प्रतिक्रिय जनाउँदै आउनु भएको छ ।

ट्रम्पले कर छलेको भन्ने समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको थियो। बाइडेनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गर्नुभएको थियो ।

Related Post
Share

This website uses cookies.