संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको सांसदको दाबी

काठमाडाैं,७ असाेज । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको बताएका छन् ।

बुधबार संसदको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् ।

समितिले आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तरगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।

त्यसैगरी बैठकमा सांसदहरुले कोरोनाका कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका थिए ।

Related Post
Share

This website uses cookies.