देश/समाज

पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

बागलुङ, ७ असोज । मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खसेसँगै सडक अवरुद्ध बनेको हो ।

वर्षा नरोकिएका कारण अवरुद्ध सडक खुलाउन समस्या भएको बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् ।

Related Post
Share

This website uses cookies.