काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । जोरपाटीमा स्थानीय युवाहरुले र बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले प्ले-कार्डसहित सरकारविरद्ध चर्को नारावाजी समेत गरेका छन् । सहभागीहरुले ‘हाम्रोलाई होइन राम्रोलाई नियुक्ति गर’, ‘कुलमान घिसिङलाई पुन: नियुक्ति गर’ जस्ता प्ले-कार्ड बोकेका थिए ।