स्वास्थ्य

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७

काठमाडौं, २५ भदौ । कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

Related Post
Share

This website uses cookies.