स्वास्थ्य

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं, १४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनभुयो । यस्तै सुनसरीका ६० वर्षिय, मोरङमा ६२ वर्षिय, महोत्तरीमा ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा २९ वर्षिय, रौतहटमा ३० वर्षिय, भक्तपुमरमा ६५ वर्षिय, नवलपरासीको ६२ वर्षिय तथा रुपन्देहीका ५७ र ६७ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

Related Post
Share

This website uses cookies.