देश/समाज

अवैध काठ सहित दुई वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

पर्सा, १२ भदौ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध काठ सहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरमा अवैैध रुपमा ट्रयाक्टरमा ढुवानी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

करिब १३ लाख रुपैयाँ बराबरको काठ र १ सय ५० क्यु फिट सिमलको काठ पक्राउ गरेको हो । सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करहरुले ट्रयाक्टर र काठ छाडी भागेका छन् । पक्राउ गरिएको काठ सहित ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय बसन्तपुरमा पठाईएको सशस्त्र प्रहरीले बताएको छ ।

Related Post
Share

This website uses cookies.