स्वास्थ्य

कोरोना संक्रमणबाट एकै दिन १२ जनाको मृत्यु

काठमाडौं, १२ भदौ । कोरोना भाइरस (कोभिड—१९) बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

मोरङमा ५६ र ६५ वर्षिया दुई जना महिला, भक्तपुरमा ६४ वर्षिया र मकवानपुरमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यस्तै उदयपुरमा ५२ वर्षिय, पर्सामा ७१ वर्षिय, धनुषामा ४५ वर्षिय र सिरहामा ५५ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यस्तै झापामा ८३ वर्षिय, चितवनमा ५१ वर्षिय, कास्कीमा ५२ वर्षिय र रुपन्देहीमा ६० वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।

Related Post
Share

This website uses cookies.