स्वास्थ्य

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षिया, बारामा २३ वर्षिया, कास्कीमा ३२ वर्षिया, रुपन्देही र बाँकेमा ७० वर्षिया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस

नेपालमा एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण
उपत्यकामा थप ३ सय ७७ जना कोरोना संक्रमित

यस्तै काठमाडौंमा ४८ वर्षिय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षिय गरी ३ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

Related Post
Share

This website uses cookies.