देश/समाज

बर्दियाको कर्णाली नदीमा बनाइएको तटबन्ध बगाउदा बस्ती जोखिममा

दीपकलाल श्रेष्ठ
बर्दिया, ६ भदौ ।
कर्णाली नदिमा निर्माण गरिएका राजापुर नगरपालिकाको टिउनी र तिघ्रा गाउँमा नदी छेक्न बनाइएको तटबन्ध धमाधम भत्कीन थालेको छ। तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।

केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले राजापुर नगरपालिका बडा नं १ को टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको छ भने बडा नं ३ को तिघ्रा गाउँ स्थित को करिब २ सय मिटर तटबन्ध भत्किदा गाउँ नै जोखिम हुँदा करिब ३५ सय परिवार जोखिममा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले बताउनु भयो ।

कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै उहाँले राजापुर नगरपालीकाका बासिन्दालाई उच्च सर्तकता अपनाउन ढकालले जानकारी दिनुभयो । राजापुर नगरपालिका ३ तिघ्रामा एकसाता अघि बाँध भत्कीदा पानीले स्थानीयको जग्गा धमाधम काट्न थालेपछी नदी छेक्न उनीहरुले जनश्रमदान गर्न थालेका छन् ।
कर्णाली नदिले तटबन्ध कटान गरेको क्षेत्रमा नदिको बिचमा साना साना वन रहेकाले कर्णाली नदीको वाटर वेढ नदिको चौडाई सानो हुँदा तटबन्धमा बढी क्षति हुन पुगेको कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियाका प्रमुख धर्म कुमार न्यौपानेले बताउनुभयो ।

नदिको बिचमा भागमा रहेका साना वन नहटाउदा सम्म तटबन्ध कटानको समस्या हरेक वर्ष जस्तो रहिरहन्छ । जुन जुन स्थानमा नदिले तटबन्ध बगाएको छ सो स्थानको नदिको बिच भागमा रहेको साना वनले गर्दा वाटर वे २ सय मिटर पनि नहुँदा तटबन्धमा बढी क्षति भएको देखिएको समेत न्यौपानेले जानकारी दिनुभयो । कटान हुन नदिनका लागि स्थानीय बासिन्दा, सुरक्षाकर्मी सबै मिलेर रोक्ने प्रयास जारी रहेको छ ।

Related Post
Share

This website uses cookies.