विश्व

इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

एजेन्सी, ३० साउन । इजरायल र संयुक्त अरब इमिरेट्स यूएईबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको छ । खाडी अरब देशहरूसँग इजरायलले अहिलेसम्म कूटनीतिक सम्बन्ध स्थापना नगरेको अवस्थामा इजरायल र यूएइबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार इजरायलले कब्जा गरेको पश्चिम किनारका भूभागमा विस्तार गर्ने विवादास्पद योजना रद्द भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र युएइका युवराज अल नह्यानबीच सम्झौता भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले र उक्त सम्झौता एउटा वास्तविक ऐतिहासिक क्षण भएको टिप्पणी गर्नु भएको छ । यो सम्झौता गराउन ट्रम्पले मध्यस्थकर्ताको भूमिका खेल्नु भएको थियो । ट्रम्पले आउँदो साता ह्वाइट हाउसमा उक्त सम्झौतामा हस्ताक्षर हुने जानकारी दिनु भएको छ । उहाँले अन्य अरब र मुस्लिम देशहरूले पनि यूएईले जस्तै इजरायलसंग सम्झौता गर्न आग्रह पनि गर्नु भएको छ ।

प्यालेस्टाइनले भने उक्त सम्झौताको विरोध गरेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले उक्त सम्झौता “विश्वासघात“ भएकाले भन्दै यूएईस्थित प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाएको बताइएको छ ।

Related Post
Share

This website uses cookies.