भारतीय मूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय मूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति उम्मेदवार

एजेन्सी, २८ साउन । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ । लामो प्रक्रिया र विभिन्न चरणका अन्तर्वार्तापछि बाइडेनले क्यालिफोर्नियाकी ५६ वर्षीय सिनेटर ह्यारिसलाई छनौट गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा उपराष्ट्रपति उम्मेदवार बन्ने ह्यारिस पहिलो अश्वेत र एसियन अमेरिकन हुनुहुन्छ । भारतीय मुलकी ह्यारिसले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि बाईडेनलाई नैं चुनौती दिनुभएको थियो । अमेरिकाको इतिहासमा यसअघि दुईपटक मात्रै महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो उपराष्ट्रपति चयन गरेका छन् ।

सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर सुरु भएको रंगभेद विरोधी आन्दोलनपछि बाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाब थियो ।

बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);