देश/समाज

भक्तपुरमा जीप र मोटरसाइकल ठोक्किएः एकको मृत्यु

भक्तपुर, २५ साउन । भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेका जीप चालकको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

Related Post
Share

This website uses cookies.