भारतलाई नेपालको राम्रो जवाफ (भिडियोसहित)

काठमाडौं, १५ साउन । नेपाली भूमि कब्जा गरी बसेका भारतीयहरुले नेपालीलाई कालापानी क्षेत्रमा प्रवेश नगराउन गरिएको आग्रहलाई सरकारले सही जवाफ फर्काएको छ । यो जवाफसँगै नेपाल सरकारले यसभन्दा पहिला भारतीयहरुलाई कुटनीतिको नाममा गरिरहेको फितलो अभ्यासको क्रम भंगतासंगै आफ्नो इज्जत र सम्मान अनि सार्वभौमिकताको सही अभ्यास भएको भन्दै यस कार्यको प्रशंसा भएको छ ।

कालापानी जस्तै गरी देशका थुप्रै भू-भागहरुमा भारतीयहरुले गरेको ज्यादती वास्तवमै कहालिलाग्दो छ । बिना सूचना हातहतियारसहित सीमा प्रवेश गर्नु, सीमानाका पिलरहरु भत्काउनु, नेपाली जनतामाथि दुव्र्यवहार गर्नु, भारतीयहरुको दैनिकी नै भएको छ । नेपाललाई छुटृै देशको रुपमा सम्मान नगरी हेप्ने र पारम्पारिक कुसंस्कारग्रस्त भारतीयहरुको सोचमा, यस्तो सरकारी जवाफले केही मात्रामा भएपनि सतर्कताको सन्देश प्रवाह हुन गएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर गृहकार्यसहित अघि बढ्नु पर्ने नेपाल सरकार आफ्नै आन्तरिक पार्टी किचलोले गर्दा काम गर्नैे नसक्ने अवस्थामा पुगेकोले अहिलेसम्म गरिसक्नुपर्ने थुप्रै कामहरु हुन नसकेको निर्विवाद छ । विभिन्न शक्ति केन्द्रबाट परिचालित आन्तरिक तथा पार्टी पंक्तिकै कारण यो सरकार निष्प्रभावी बन्दै गएको छ । एजेण्डा बिहीन पार्टी पंक्तिको अवरोध, संधै भरिको प्रधानमन्त्रीलाई सत्याच्यूत गर्न डाकिने सचिवालय तथा स्थायी कमिटी बैठकहरुका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो प्रतिरक्षामा नै आफ्नो सम्पूर्ण शक्ति लगाई रहनु भएकोले पनि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा ध्यान पुग्न सकेको देखिंदैन ।

नेकपा पार्टी भित्रको विवाद कहाँ गएर टुंगिने हो, केही भन्न सक्ने अवस्थामा छैन । केन्द्रीय समितिको बैठक माग गरिएसँगै नेकपा भित्र फेरी अर्काे फण्डा शुरु भएको छ । विवाद समाधानको नाममा डाकिने यस्ता बैठकहरु नै आफैंमा विवादित देखिने गरेको छ । त्यसको मुख्य उद्देश्य नै पार्टी एकतासंग गांसिएको दुई अध्यक्षात्मक प्रणाली कायम गर्नको निमित्त तत्कालिन अवस्थामा गरिएको सम्झौतालाई चुनौति दिनको निमित्त हुने गरेबाट यस्ता प्रकारका बैठकहरुले कुनै निकास नदिने राजनीतिक विश्लेषकहरु बताउँछन ।

यस्तै विभिन्न प्रकारका आन्तरिक किचलो निकाल्दै कामै गर्न नसक्ने रुपमा सरकारलाई पु¥याउने अभिष्ट उद्देश्यलाई प्रधानमन्त्रीले समयमै बुझ्न जरुरत छ । आफ्नो हातमा जति समय प्राप्त हुन्छ, त्यो देश र जनताको लागि निर्धक्कसंग प्रयोग गर्न सरकारले सकेन भने, त्यसको दोष पार्टी पंक्तिलाई दिएर उम्कन प्रधानमन्त्री केपी शर्मा ओलीको लागि पनि सहज छैन ।

सरकारमा बसेकै कारण जस्तोसुकै परिस्थितिमा पनि परिणाममुखी काम गर्नु र देखाउनु सरकारको निमित्त अनिवार्य शर्त हो । प्रधानमन्त्रीले दुबै पद छोड्नु पर्ने पार्टी पंक्तिको मागको अगाडि पद नछोड्ने चटृानी अडान देखाउने प्रधानमन्त्रीले, भारतसंगका थुप्रै असमान व्यवहारहरुको अगाडि पनि यस्तै चटृानी राष्ट्रिय अडान प्रदर्शन गर्न सक्नु भयो भने, त्यसले मात्र जनतामा उहाँको सफल नेतृत्वको झलक दिन सक्छ ।

पदकै लागि मात्रै राखिएको अडानले परिणाममुखी हुन सकेन भने, त्यो अडान केवल पदलोलुपताको सन्देश बाहेक केही हुँदैन । समय बितिरहेको छ, काम गर्नु पर्ने धेरै छ । जनमतको अवसरलाई शिरोधार्य गर्दै निर्णय प्रकृयामा गति दिन सकियो भने, यो नै नेपाल र नेपालीको सुखद भविष्यको निमित्त महत्वपूर्ण अस्त्र हुन सक्छ, नत्र पछुताउनुको विकल्प छैन ।

Share

This website uses cookies.