रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

रोजगारदाता संस्था र ट्रेड युनियन महासंघबीच सहमति

काठमाडौं, १४ साउन । रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच बन्दाबन्दी अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल नेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेढ युनियन महासंघहरुबीच बन्दाबन्दी अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो ।

रोगजारदाता परिषदका सभापति (उपाध्यक्ष नेपाल उद्योग वााण्ज्यि महासंघ) चन्द्र प्रसाद ढकालका अनुसार बन्दाबन्दीको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । यस्तै जेठ महिनाको हकमा बन्दाबन्दीका कारण काममा उपस्थित हुन नसकेकालाई श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।

संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनै पनि श्रमिकलाई बन्दाबन्दीको बाहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझादारी भएको बताउनुभयो । काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसैगरी बन्दाबन्दीको अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ । उद्योग व्यवसायको प्रकृति र अवस्थ अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, बन्दाबन्दी अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);