प्रिमियर लिगमा वाटफोर्डविरुद्ध सिटीको ४–० को जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

प्रिमियर लिगमा वाटफोर्डविरुद्ध सिटीको ४–० को जित

काठमाडाैं ७, साउन ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

वाटफोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । यस्तै, फिल फोडेन र एम्रिक लापोर्टेले एक/एक गोल गरे ।खेलको ३१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । ४० औं मिनेटमा सिटीले पेनाल्टी प्राप्त गर्यो । जसमा स्ट्रर्लिङको प्रहार वाटफोर्डका गोलकिपर बेन फोस्टरले बचाए ।

तर, स्ट्रर्लिङले रिबाउन्डमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को सहज जित दिलाए ।

जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दूरीसमेत घटाएको छ ।

सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ । वाटफोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);