कोरोना संक्रमित एक करोड ३९ लाख नाघे, ५ लाख ९१ हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

कोरोना संक्रमित एक करोड ३९ लाख नाघे, ५ लाख ९१ हजारको मृत्यु

corona

काठमाडौं, २ साउन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३९ लाख ३७ हजार तीन सय ३० पुगेको छ।

कोरोनाबाट विश्वमा पाँच लाख ९१ हजार नौं सय ५८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरूमध्ये ८२ लाख ७२ हजार चार सय ६३ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा ३६ लाख ९५ हजार जना संक्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४१ हजार एक सय १८ रहेको छ ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा १६ लाख ८० हजार जना निको भएर घर फर्किएका छन् ।

अमेरिकापछि ब्राजिलमा अहिलेसम्म २० लाख १४ हजार सात सय ३८ जनामा संक्रमण देखिएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या ७६ हजार आठ सय २२ पुगेको छ ।

त्यस्तैगरी, भारतमा १० लाख पाँच हजार छ सय ३७ जना संक्रमित भएका छन् भने २५ हजार छ सय नाैं जनाको मृत्यु भएको छ ।

रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख ५२ हजार सात सय ९७ पुगेको छ । रुसमा अहिलेसम्म ११ हजार नाैं सय ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, बेलायतमा कोरोनाका कारण ४५ हजार एक सय १९, स्पेनमा २८ हजार चार सय १६, पेरुमा १२ हजार छ सय १५ र इटालीमा ३५ हजार १७ सय ९७ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);