अमेरिकामा १७ वर्षपछि हत्या आरोपका दोषीले मृत्यदण्ड पाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अमेरिकामा १७ वर्षपछि हत्या आरोपका दोषीले मृत्यदण्ड पाउने

america flag

एजेन्सी, ३० असार । अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । अमेरिकाको तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरेको आग्रहमा विवादास्पद संघीय मृत्युदण्ड सम्बन्धी कानुन १७ वर्षपछि ब्यूँताइएको हो । स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा सर्वोच्च अदालतका न्यायाधिशहरुले ५–४ बाट निर्णय भएको हो ।

यो सँगै अमेरिकामा १७ वर्षपछि संघीय तहमा हत्या आरोपमा दोषी ठहर भएका व्यक्तिले मृत्यदण्ड पाउने भएका छन् । अमेरिकामा हाल चार जनालाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिन लागिएको छ ।

अघिल्लो सोमबार मृत्युदण्ड दिन लागिएका आर्यन पिपुल्स रिपब्लिक नामको संस्थाका संस्थापक डेनिएल लेविस लीको संघीय अदालतका न्यायाधीशले तत्कालका लागि रोकेका थिए । सर्वोच्चको आदेशमा पूर्व निर्धारित योजना बमोजिम मृत्युदण्डको कार्यक्रम अघि बढाउन अनुमति दिइएको उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);