एजेन्सी, २४ असार । अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप क्रिकेट अयोजना गर्ने कि नगर्ने भन्ने बारेमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले निर्णय गर्ने भएको छ । टी २० विश्वकप क्रिकेट अयोजनाको बारेमा औपचारिक निर्णय गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक शुक्रबार बस्दैछ ।
आइसीसीले अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप औपचारिक रुपमा स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ । अष्ट्रेलीयाको मेलबर्नमा जारी ६ साताको लकडाउनका कारण आइसीसीले टी २० विश्वकप क्रिकेट स्थगित गर्न सक्ने अष्ट्रेलियन संचार माध्यमहरुले जनाएका छन् ।
शुक्रबार हुने बैठकले टी २० विश्वकपको नयाँ मिती भने नतोक्ने बताइएको छ । अष्ट्रेलीयाले पनि टी २० विश्वकप २०२१ मा गर्न चाहिरहेको छ, । पछिल्लो केहि समयदेखि टी २० विश्वकप स्थगित भएर इण्डीयन प्रिमियर लिग क्रिकेट आइपीएल हुने समाचार सार्वजनिक भइरहेको बेला आइसीसीले शुक्रबार बैठक डाकेको हो ।