एजेन्सी, १७ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पूर्व वित्तीय निर्देशक मार्कस काटनेरलाई १० बर्षको प्रतिबन्ध लगाएको छ । फिफाको स्विट्जरल्याण्ड स्थित कार्यालयमा कार्यरत रहेकोबेला आर्थिक अपराधको आरोपमा काटनेरलाई १० बर्षको प्रतिबन्ध लगाएको फिफाले जनाएको छ ।
फाइदाको रकम बाँडाफाँड गरेको आरोप लागेका उनलाई ३० दिनभित्र तिर्ने गरि १० लाख ५० हजार अमेरिकी डलर पनि जरिवाना गरिएको छ । फिफाको इथिक्स कमिटीले पूर्व वित्तीय निर्देशक मार्कसलाई फाइदाको रकम बाँडाफाँड गरेको आरोपमा कारवाही गरेको हो ।
फिफाको आन्तरिक अनुसन्धानले सन् २०१६ मा तत्कालिन अध्यक्ष सेप ब्लाटर र महासचिव जेरोमी भाल्केसँग मिलेर उनलेपनि मोटो रकम लिएको प्रमाणित भएको छ । तर कति रकम लिएको भन्ने खुलाइएको छैन । त्यो बेला ८करोड १० डलरको घोटाला काण्डपछि लाटर र भाल्के प्रतिबन्धमा परिसकेका छन् । ब्लाटर ६ बर्षको र भाल्के २०२८ सम्मको प्रतिबन्धमा छन् ।