सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माण गर्नुपर्छ : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माण गर्नुपर्छ : सभामुख महरा

krishana mahara

काठमाडाैं, ९ जेठ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिनु भएको छ ।

सभामुख महराले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माणको कामलाई अघि बढाउन सरकारलाई पनि सचेत गराउनु भयो । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संविधानको मर्म अनुसार कानुन निर्माण भए/नभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पार्नु भयो ।

सभामुख महराले सरकारले आश्वासन अनुसार काम गरे/नगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि स्मरण गराउनु भयो । सभामुख महराले संविधान अनुसार कानुन निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्नुपर्ने पनि दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);