श्रम शक्तिको समुचित उपयोग हुने नीति र कार्यक्रम आवश्यक : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

श्रम शक्तिको समुचित उपयोग हुने नीति र कार्यक्रम आवश्यक : प्रम ओली

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गर्नुभएको छ । “हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षादिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यान्वयन सुरु गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताउनुभएको छ । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहँदैन । ”

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो ठूलो योग्यताहासिल गरेका मानिसहरु पनि बेरोजगार बन्नुपरेको बताउनुभएको छ ।

“कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताउनुभएको छ । “विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्दगर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);