प्रधानमन्त्रीको भारत भ्रमण विवादित नबनाउन मन्त्री विष्टको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १३ भदौ । सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई विवादित बनाउने प्रयास नगर्न एमालेसहितका विपक्ष दलहरुलाई चेतावनी दिएका छन् ।

 

राज्यमन्त्री विष्टले भारतमा प्रधानमन्त्री देउवालाई दिइएको उच्च सम्मानबाट केही राजनीतिक दलहरु आत्तिएको दावी समेत गरे ।

 

मंगलबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएपनि त्यसलाई विवादित बनाउन केही राजनीतिक दलहरु आरोप, प्रत्यारोपमै उत्रिएको तर्क पनि गरे । ‘संविधान संशोधन गरिछाड्ने’ प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिनु भएको अभिव्यक्तिको आलोचना भइरहेको छ ।

 

राज्यमन्त्री विष्टले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्न आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);