पहिलो सिइओ अफ दि इयरको उपाधी कुलमानलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पहिलो सिइओ अफ दि इयरको उपाधी कुलमानलाई

काठमाडौं, १ चैत : पहिलो सिइओ अफ दि इयरको उपाधी बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले पाएका छन् । नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि घिसिङ्गले जितेका हुन ।

बुधवार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनमा ८ बिधामा अवार्ड वितरण गरिएको छ । सिइओ अफ दि इयर सहित पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधिमा कुलमान घिसिङ्गले जितेका हुन् । सिइओ अफ दि इयर योेंगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको संचालीका अम्बीका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखरा कि महिला उद्यमी र सिइओ अफ दि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख बिरेन्द्र बस्नेतले जितेका हुन । जुरी च्वाइस अवार्ड भने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा.सन्दुक रोइतलाई प्रदान गरिएको छ ।

यता, सिइओ समिट तथा अवार्डको उद्घाटन सत्रको उद्घाटन नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समृद्व नेपाल निर्माणका लागि अब मुलकुमा दुई दल मात्रै रहनुपर्ने बताएका छन् । सिइओ सम्मेलनको उद्घाटन शत्रमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले संविधानले नेपाललाई समाजवाद तर्फ उन्मुख गराएकाले अब मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको बताए ।

उनले अब सबै मिलेर देशको आर्थिक समृद्धिमा लाग्नु पर्नेमा जोड दिए । भट्टराईले पृथ्वीनारायण शाह, गौतम बुद्व, बिपी कोइराला र पुष्पलाललाई राष्ट्रिय व्यक्तित्व घोषणा गर्न पनि सरकारसँग माग गरे । सम्मेलनमा नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अब आर्थिक समृद्धिले नै बिकासको ढोका खोल्ने भन्दै अबको नेपाल समृद्व नेपाल हुनुपर्ने बताए । सम्मेलनमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले समृद्ध नेपाल निर्माणका लागि राजनीतिक प्रतिवद्वता आवश्यक रहेको बताए । उनले दुई तिहाई समर्थन प्राप्त सरकारले दम्भ रहित ढंगले बिकासका गतिविधि अघि बढाउनुपनेमा जोड दिए ।

कार्यक्रममा पद्मा मिडिया प्रालि तथा बिजनेस प्लस टेलिभिजनका अध्यक्ष राजुप्रसाद कंडेलले स्वदेशी उत्पादनले बजार नपाएको अवश्थामा बिदेशबाट मालसामानहरु आयात भइरहेकोले नेपाली उत्पादनले सहज रुपमा बजार पाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेमा जोड दिएका छन् । सम्मेलनमा नेपाल सहित विभिन्न देशका १७ कम्पनीका सिइओहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवार्ड समारोहको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । समारोह उद्घाटन गर्दै, प्रचण्डले यस खालका कार्यक्रमले निजी तथा सरकारी क्षेत्रका सिइओहरुलाई नतिजामुखी हुनमा उत्प्रेरणा मिल्ने बताएका छन् । कार्यक्रममा उद्योग मन्त्री मात्रिका यादव, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोईराला, नेकपा माओवादी केन्द्रकी प्रबक्ता पम्फा भुषाल, पूर्व अर्थ मन्त्रीहरु रामशरण महत र सुरेन्द्र पाण्डे लगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रममा दिन भरी नै संघिय संरचनामा आर्थिक समृद्धि, ब्यवस्थापकिय क्षमता बृद्धि तथा नेपालमा लगानीको अवस्थाका बिषयमा ५ सेसनमा बिभिन्न बिज्ञ सहितको छलफल कार्यक्रम समेत गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);