Sun, 20 May 2018

सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

काठमाडौं, २ जेठ । सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् ।

अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो ।

निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्वायर पाइप जस्ता सामाग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ । आजको नागरिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ   ।

By:

4 days ago VIEWS: 36

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!