Sat, 21 Apr 2018

रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लियो

एजेन्सी, ३ बैशाख । रियल मड्रिड ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मालागालाई २–१ गोल अन्तरले पराजित गरेर रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै रियल मड्रिडको ३२ खेलबाट ६७ अंक भएको छ ।

रियल मड्रिडलाई जिताउने क्रममा इस्को र कासिमिरोले एक एक गोल गरे । मालागाका लागि इन्जुरी समयको अन्तिममा रोलानले सान्त्वना गोल फर्काए । अंक तालिकाको पुछारमा रहेको मालागासँगको खेलमा रियल मड्रिड स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गारेथ बेलविना मैदानमा उत्रिएको थियो ।

रियल मड्रिडले तीन अंक जोडेको दिन एथ्लेटिको मड्रिडले पनि जित निकालेको छ । एथ्लेटिको मड्रिडले लेभान्टेलाई ३–० ले पराजित गरेर रियल मड्रिडसँगको चार अंकको दूरी यथावत राखेको हो । ला लिगामा अब ६ चरणका खेल बाँकी छन् । शीर्ष स्थानको बार्सिलोनाको ८२ अंक छ ।

By:

5 days ago VIEWS: 19

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!