Mon, 21 May 2018

‘वान डे’ मान्यता पाउन नेपालसामु ठूलो चुनौती

काठमाडौं, २९ फागुन । विश्वकप छनोटको आफ्नो चौथो खेलमा हङकङलाई हराएसँगै नेपालले एक दिवसीय टोलीको मान्यता पाउने सम्भावनालाई बचाएको छ । तर, यो सम्भावनालाई यथार्थमा ल्याउन नेपालसामू चुनौती पनि उत्तिकै ठूलो देखिन्छ ।

समुह चरणको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग १ सय १६, दोस्रोमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफ्गानिस्तान ६ विकेटले पराजित भएको थियो । तीन खेलमा लगातार हारेको नेपालले अन्तिम खेलमा जित हात पर्यो ।

यद्यपि, सुपर सिक्समा पर्ने सम्भावना भने समाप्त भएको छ । तर, चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्ने सम्भावना भने कायमै छ । एक दिवसीय मान्यता प्राप्त गर्न समुह बीको चौथो स्थानमा रहेको नेपालले अझै प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ ।

नेपालले अब प्लेअफमा समूह ए को पाँचौ स्थानमा रहेको पपुवा न्युगिनीलाई पाखा लगाउनुपर्ने छ । तुलनात्मक रुपमा नेपालभन्दा पपुवा न्यूगिनी बलियो मानिन्छ । तर, जारी प्रतियोगितामा उसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । त्यसैले पनि नेपालले उसलाई पन्छाउन सक्ने बताउँछन् क्रिकेट खेलाडीहरु ।

समुह बीको पाचौँ स्थानमा रहेको हङकङ अब समूह एको चौथो स्थानमा रहेको नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सातौँ स्थानका लागि समेत नेपालले समुह एको नतिजाको आधारमा जित हात पार्नु पर्नेछ । जित दर्ता गरेमा नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नुका साथै आइसीसीले नेपाललाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक हुनेछ ।

नेपालले हङकङविरुद्धको खेलको सुरुमा प्रतियोगिताभरिमै उत्कृष्ट व्याटिङ गरेको थियो । त्यसो त, जितमा बलरहरुको योगदान उत्तिकै महत्वपूर्ण रह्यो । नेपालले हङकङविरुद्ध गरेको सुरुवाती प्रदर्शनलाई नै निरन्तरता दिन सक्ने हो भने पपुवान्युगिनीलाई पाखा लगाउन सक्छ ।

By:

2 months ago VIEWS: 75

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!