Sun, 25 Feb 2018

ओली-प्रचण्ड वार्ता : संयोजन समितिबाट पार्टी एकताकाे टुंगो लगाउने सहमति

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता संयोजन समितिबाट एकताको टुंगो लगाउने सहमति भएको छ ।

सोमबार दुई अध्यक्षबीच एकीकृत पार्टीको नेतृत्व, राजनीतिक कार्यदिशा र सांगठनिक स्वरुपमा प्रारम्भिक सहमति भएको थियो । बाँकी रहेका केही विषयमा आज (मंगलबार) पुनः छलफल भएकाे हाे । भाेली (बुधबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र एकताको टुंगो लगाउने दुई अध्यक्षबीच सहमति भएको छ ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच ‘वान टू वान’ वार्ता भएको हो । ओली र प्रचण्डबीच मंगलबार करिब ४० मिनेट छलफल भयाे ।

By:

2 weeks ago VIEWS: 28

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!