Mon, 21 May 2018

नियमसम्मत ढंगले कारोवार नगर्ने तरकारी व्यवसायीलाई कार्वाही गरिने

काठमाडौं, १ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले नियमसम्मत ढंगले कारोबार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्न बाध्य हुने चेतावनी दिएका हुन् । उनले तोकिएको मूल्य अनुसार तरकारी तथा फलफूलको कारोबार गर्ने व्यवसायीलाई पुरस्कृत गर्दै लगिएको पनि स्मरण गराए ।

समितिले बजार सुधार अभियानलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ । मंगलबार समितिको २४ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले बजार सुधार अभियानमा सुधार ल्याउन फोहोरमैला व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि कार्यक्रमसँग सहकार्य गरेर काम अघि बढाइएको उनले बताए ।

समितिले उत्कृष्ट ढंगले बजारमा तरकारी तथा फलफूल कारोबार गर्ने व्यवसायीलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सरकारले आम उपभोक्तालाई ध्यानमा राखेर कालीमाटीमा फलफूल तथा तरकारी बजार आजभन्दा २४ वर्ष अघि नै संचालनमा ल्याएको हो । तरकारी तथा फलफूलको गुणस्तर मापन गर्न समितिले प्रयोगशालाको समेत स्थापना गरिसकेको छ ।

By:

3 months ago VIEWS: 44

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!