Sun, 25 Feb 2018

एडिबीले १० अर्ब आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौं, २९ माघ । एशियाली विकास बैंक (एडिबी) ले नेपालको ग्रामीण सडक सुधार परियोजनाका लागि १० अर्ब आर्थिक सहायता उपलब्ध गराउने भएको छ । .

अर्थ सचिव शंकरप्रसाद अधिकारी र बैंकका देशीय निर्देशक मुख्टोर खामुदखानोभबीच एडीबीले नेपालको ग्रामीण सडक सुधार परियोजनाका लागि १० अर्ब आर्थिक सहायता उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको सो समझदारी पत्रमा नेपालको ग्रामिण सडकको दिगो विकास गर्ने उद्देश्यका साथ एशियाली विकास बैंकले आर्थिक सहायता उपलब्ध गराएको उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थसचिव अधिकारीले एशियाली विकास बैठकले नेपालको ग्रामिण सडक सुधारका लागि आर्थिक सहायता उपलब्ध गराएको जानकारी दिए । एडीबीले नेपालको ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा पनि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

By:

2 weeks ago VIEWS: 17

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!