Thu, 18 Jan 2018

सूचनाको हक सम्बन्धी ऐन, नियम तत्काल संशोधन गर्न आयोगको सुझाव

काठमाडौं, ३० पुस । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले आईतबार एक कार्यक्रममा बीच आफ्नो ३ वर्षे कार्यकालको कार्य प्रगति विवरण सार्वजनिक गर्दै सूचनाको हक सम्बन्धि ऐन, नियम तत्काल संशोधन गर्न नेपाल सरकारलाई सचेत गराएको हो ।

सूचनाको हक सम्बन्धि ऐन, नियमलाई समसामयिक सुधार गर्न सरकारलाई सुझाव दिइएको आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले जानकारी दिए । आयोगले भूकम्पबाट प्रभावितको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणको काममा पारदर्शिता अपनाउन पनि सरकारलाई सुझाव दिएको छ ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सबै स्थानीय तहमा सूचना आयोगको सम्पर्क कार्यालय स्थापना गर्न पनि सरकारलाई सचेत गराइएको बताए ।

आयोगले हालसम्म सबै मन्त्रालय र मातहतका निकायमा सूचना अधिकारी तोक्नुपर्ने लगायतका ३ हजार ५ सय १२ वटा आदेशहरु जारी गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना दिन अटेरी गर्ने संस्थालाई कार्वाही गर्न पनि सरकारलाई सुझाव दिनु परेको स्पष्ट पारेका छन् ।

By:

4 days ago VIEWS: 24

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!