Tue, 16 Jan 2018

बैतडी क्षेत्रका बासिन्दाले वित्तीय सुविधा पाए

बैतडी, ३० पुष । भौगोलिक रूपमा दुर्गम जिल्ला बैतडीको तल्लो स्वराड क्षेत्रका बासिन्दाले वित्तीय सुविधा पाएका छन् । तल्लो स्वराडको मेलौलीमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले वित्तीय सेवा प्रदान गरेको हो ।

किसान माइक्रोफाइनान्सले सेवा दिएपछि दुई दिन यात्रा गरी वित्तीय सेवा लिँदै आएका बासिन्दा लाभान्वित भएका छन् । यसअघि उनीहरू सदरमुकाम गोठालापानी पुगेर वित्तीय सेवा लिँदै आएका थिए । किसान माइक्रोफाइनान्सले गाउँ–गाउँमा समूह गठन गरेर १० हजारदेखि तीन लाख ५० हजारसम्म बिनाधितो ऋण प्रदान गरिरहेको जनाएको छ । त्यस्तै माइक्रोफाइनान्सबाट स्थानीयलाई रेमिट्यान्स रकम बुझ्नसमेत सहज भएको छ ।

By:

2 days ago VIEWS: 15

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!