Tue, 16 Jan 2018

बार्सिलोनाले कोपा डेल रे फुटबलमा सेल्टा भिगोलाई ५–० गोल अन्तरले पराजित गर्यो

काठमाडौं, २८ पुष । बार्सिलोनाद्वारा कोपा डेल रे फुटबलमा सेल्टाभिगोमाथि ५–० को फराकिलो जित, जितमा मेस्सीको दुई गोल, जितसँगै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश ।

स्टाइकर लियोनल मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले सेल्टा भिगोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । गएराति भएको खेलमा मेस्सीले दुई मिनेटको अन्तरमा दुई गोल गरे । उनले खेलको १३ र १५ औं मिनेटमा गोल गरेका हुन् । बाँकी गोल जोर्डी अल्बा, लुईस स्वारेज र इभान ¥याकिटिकले गरेका हुन् ।

लिभरपुलबाट कीर्तिमानी मूल्यमा भित्रिएका फिलिप्स कोउटिन्होविना मैदानमा उत्रिएको बार्सिलोनाले पाँचमध्ये चार गोल पहिलो हाफमा गरेको हो । सेल्टा भिगोलाई पराजित गरेसँगै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेल्टा भिगोले पहिलो लेगमा बार्सिलोनालाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

By:

4 days ago VIEWS: 19

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!