Tue, 16 Jan 2018

रोहिंग्या मुसलमानको हत्या गरेको म्यानमारको सेनाद्वारा स्वीकार

एजेन्सी । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाका क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ । म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा आफूहरु संलग्न रहेको स्वीकार गरेको हो ।

सेनाले यसअघि रोहिंग्याको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको थियो । सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको सेनाले बताएको छ ।

सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको बताएको छ । सेनाले चार सुरक्षाकर्मीले प्रतिशोधकारुपमा १० जनाको हत्या गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा मारिएका रोहिंग्या मुसलमानलाई बंगाली आतंकवादीको संज्ञा दिइएको छ । गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको छ । हिंसा भड्किएपछि साढे ६ लाख रोहिंग्या मुसलमान देश छोडेर छिमेकी देश बंगलादेश पुगेका छन् ।

By:

5 days ago VIEWS: 17

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!