Tue, 19 Sep 2017

मधेसको सच्चा हिमायती माओवादीे भएको प्रचण्ड दाबी

लहान, २८ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी मधेसको सच्चा हिमायती भएको बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने प्रचण्डले दाबी गरे ।

मधेसी मतदातासँग प्रचण्डले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला।’

 

By:

6 days VIEWS: 21

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!