Sun, 19 Nov 2017

प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मतदाता परिचय वितरणको कार्यक्रम विहिबार, शुक्रबार र शनिवार तय गरिएको बताए।

आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तह निर्वाचन हुँदैछ । सो मतदानका लागि निर्वाचन आयोगले तीन दिन मतदाता परिचय पत्र वितरणको कार्यक्रम तय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउन पनि सबै निर्वाचन अधिकृतहरुलाई सचेत गराएका छन् । एकै घरका दुई जना भिन्न भिन्न राजनीतिक दलका उम्मेदवार समेत रहेकाले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउनु परेको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाइएको बताए । उनले ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातालाई आह्वान गरेका छन् ।

 

By:

2 months VIEWS: 56

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News