Sun, 19 Nov 2017

२ नम्बर प्रदेशमा भदौ ३० देखि असोज १ गतेसम्म मतदाता परिचयपत्र वितरण गरिने

काठमाडौँ २७ भदौ । तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० गतेदेखि असोज १ गतेसम्म मतदाता परिचय वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं २ मा कायम गरिएको आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते निर्वाचन हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता रहेको आयोगले जनाएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छन् । प्रदेश नं २ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ ।

 

By:

2 months VIEWS: 72

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News