Sun, 19 Nov 2017

यु-१९ एसिया कप छनौट क्रिकेट : नेपालले भुटानलाई ९ विकेटले हरायो

काठमाडौं, २८ भदौ । उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले हराएको छ। भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो।

नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे। मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो।

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन्। नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन्। दिपेन्द्रले ९ औँ ओभरमा दुई र १९ औँ ओभरमा दुई साथै २१ औँ ओभरमा एक विकेट लिएका हुन्। सन्दिप लामिछानेले २४ औँ ओभरमा एक र २६ औँ ओभरमा दुई साथै २८ औँ ओभरमा एक गरेर चार विकेट लिएका थिए।

By:

2 months VIEWS: 60

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News