Sun, 19 Nov 2017

कर्ण बोहरा स्मृति कपः कैलाली क्रिकेट र स्पार्क क्रिकेट बिजयी

कञ्चनपुर, २६ भदौ । कञ्चनपुरमा जारी स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कपअन्तर्गत सोमबार भएका खेलमा कैलाली धनगढी क्रिकेट एकेडेमी र स्पार्क क्रिकेट ट्रेनिङ सेन्टर धनगढीले जित हात पारेका छन् ।

महेन्द्रनगरस्थित खुलामञ्चमा भएको पहिलो खेलमा कैलाली धनगढीले केदार इलाभेन कञ्चनपुरलाई सुपर ओभरमा पराजित गयो । कैलाली धनगढीले दिएको एक सय १४ रनको लक्ष्य पछ्याएको केदार इलाभेनले निर्धारित २० ओभरमा एक सय १३ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा केदार इलाभेनले नौ रन जोड्यो भने कैलाली धनगढीले १० रन बनाउँदै जित दर्ता गर्यो ।

दोस्रो खेलमा स्पार्क क्रिकेटले हिमालयन क्रिकेट एकेडेमी बी काठमाडौंलाई १० विकेटले पाखा लगायो । टस जितेर ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७१ रन बनायो । ७२ रनको जवाफी लक्ष्य पछ्याएको स्पार्क क्रिकेटले जम्मा आठ दशमलव दुई ओभरमा बिनाविकेट लक्ष्य पूरा गर्यो । मंगलबार पहिलो खेलमा स्पार्क क्रिकेट र लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर तथा दोस्रो खेलमा केदार इलाभेन र ग्रेट हिमालयन क्रिकेट एकडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

 

By:

2 months VIEWS: 46

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News