Tue, 19 Sep 2017

युएस ओपन टेनिसः राफायल नाडल बिजेता

एजेन्सी, २६ भदौ । युएस ओपन टेनिसको उपाधि विश्व नम्बर एक राफायल नाडालले जितेका छन् ।

स्पेनका नाडालले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई ६–३, ६–३ र ६–४ को सोझो सेटमा पराजित गरी तेस्रो पटक युएस ओपनको उपाधि जितेका हुन् । नाडालले एण्डरसनलाई पराजित गर्ने क्रममा २ घण्टा २८ मिनेट मिहेनत गर्नुप¥यो । नाडालको यो १६ औं ग्राण्ड स्लाम उपाधि हो । नाडालले यो वर्षको फ्रेन्च ओपनको उपाधि पनि जितेका थिए ।

अहिलेसम्म सबैभन्दा धेरै ग्राण्ड स्लामको उपाधि रोजर फेडेररको नाममा छ ।

 

By:

1 week VIEWS: 19

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!