Sun, 19 Nov 2017

सिन्धुलीमा भाइरल ज्वरोकोे महामरी

सिन्धुली, २१ भदौ । सिन्धुलीमा भाइरल ज्वरोकोे प्रकोपले महामरीको रुप लिएपछि अस्पतालमा विरामीको संख्या बढेको छ ।

 

झण्डै एक महिनादेखि सुरु भएको भाइरल ज्वरोका कारण जिल्ला अस्पताल, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थामा विरामीहरुको बढेको हो । जिल्ला अस्पताल, निजी अस्पताका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यसंस्थामा एक हजार बढी भाइरलज्वरोका विमारीहरु उपचारका लागि भर्ना भएको जिल्ला जनस्वास्थ्य कार्यालयले सिन्धुलीले जनाएको छ । दैनिक सयौं विरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो । वर्षाका कारण पानीको मुहान दुषित भएकाले भाइरल ज्वरोका विरामी बढेको चिकित्सकले बताएका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धामा भाइरलको प्रकोप देखिएको छ । नाकबाट सिंगान बग्ने, खोकी लाग्ने, हाछ्युँ आउने, ज्वरो आउने, खान मन नलाग्ने, शरिर दुख्ने जस्ता भाइरल ज्वरोका लक्षण हुन् ।

 

भाइरल ज्वरोबाट बच्न उमालेको शुद्ध पिउने पानी पिउन, सडेगलेका खानेकुरा नखान र माक्स लगाएर हिड्न चिकित्सकले सुझाएका छन् ।

 

By:

2 months VIEWS: 78

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News