Sun, 19 Nov 2017

पार्सल गरेर पठाईएको झोला खोलेर हेर्दा भेटियो दर्दनाक राज

एजेन्सी । कतिपय मानविय हर्कतले मानिस प्रतिको विश्वास नै डगमगाउन बाध्य बनाउँछ । यस्तै एक हर्कत गरेकी छिन् एक चिनियाँ युवतीले ।

चीनको फुजोउमा रहँदै आएकी एक युवतीले सामान पठाउनको लागि डेलिवरी ब्वाईलाई घरमा बोलाएकी थिइन् । कालो प्लाष्टिकको झोलामा राखेको सामान खोलेर नहेर्न र एक अनाथ आश्रममा पुर्याउन उनले निर्देशन दिएकी थिईन् ।

सोही बमोजिम डेलिवरी ब्वाईले झोला बोकेर गए तर बीचबाटोमा पुगेपछि अचानक सामान राखेको झोला हल्लियो र केही आवाज आए जस्तो पनि भयो । जब ती युवकले झोला खोलेर हेरे तब उनी अचम्ममा परे ।

झोला भित्र नवजात शिशु छट्पटाईरहेको थियो । ती युवकले तुरुन्त प्रहरीलाई फोन गरेर शिशु जिम्मा लगाए । आफ्नो बच्चा अनाथ आश्रममा पठाउन चाहने ती युवतीलाई भने प्रहरीले गिरफ्तार गर्यो ।

ती निर्दयी आमाले आफूले बच्चा राख्न नचाहेकोले पार्सल गरेर अनाथ आश्रममा पठाएको बयानका क्रममा भनेकी छिन् । शिशुको अहिले अस्पतालमा उपचार भईरहेको छ ।

By:

2 months VIEWS: 1653

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News