सीमा नाका क्षेत्रमा सहज आवागमनको वातावरण बनाउने विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

सीमा नाका क्षेत्रमा सहज आवागमनको वातावरण बनाउने विषयमा छलफल

पुष्कर भट्ट ||
कञ्चनपुर,भाद्र २९

सीमावर्ती कञ्चनपुरका उद्योगी व्यवसायीले सीमा नाका क्षेत्रमा सहज आवागमनको वातावरण बनाईदिनुपर्नेमा जोडदिएका छन । भारतको बनबासामा भएको नेपाल भारतका उद्योगी व्यवसायीसंगको छलफलमा नेपाल भारत दुवै देशका नागरिकलाई बनबासा–गड्डाचौकीमा दुवै देशका सुरक्षा निकाय, कष्टम, ट्राफिक लगायतबाट अनावश्यक दुख दिने भन्दै उक्त विषयलाई सहजिकरण गर्नुपर्नेमा जोडदिएका हुन ।
कञ्चनपुरको सिमानाकामा भारतिय एसएसबीले विगतदेखी गर्दै आएकोे कडाईलाई कम गर्न र सहज तरिकाले भारतका बिभिन्न शहरमा जाने व्यवस्था मिलाउन आग्रह गरिएको छ । भारतको बनबासामा रहेको शारदा सिचाँई विभागमा आयोजना गरिएको नेपाल भारत व्यापार सम्बन्धको छलफल कार्यक्रममा नेपालबाट भारत जाने नेपालीहरुलाई सिमानाकामा रहेको एसएसबीले बढी कडाई गरेको विषय प्रमुख छलफलमा रहेको थियो ।

उद्योग वाणिज्य महासंघका केद्रिय सदस्य अध्यक्ष जंगबहादुर मल्लले सिमानाकामा सुरक्षाकर्मीहरुले गर्ने व्यवहारमा सौहाद्र हुनुपर्ने सम्मानित व्यवहार भयो भनेपनि धेरै कुरामा सहजता हुने बताए ।
नेपाल र भारतको सम्बन्ध भनेको रोटी बेटी भएपनि व्यवहारमा भने उक्त कुरा नरहेको सहभागीहरुले बताएका थिए । कञ्चनपुरबाट प्रतिनिधित्व गरेका उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ, यातायात व्यवसायी संघ र पत्रकारहरुले अहिले पनि सिमानाकामा नेपालीहरुले भारतिय सुरक्षाकर्मीहरुबाट दुव्र्यव्यवहार खेप्नु पर्ने, चेकजाँचका नाममा हैरानी गर्ने नियमले सास्ती खेप्नु परेको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले दुवै देशमा व्यापार व्यवसायलाई सहज रुपमा संचालन गर्नका लागि व्यवहार पनि राम्रो हुनु पर्ने बताए । दुवै देशमा व्यापार व्यवसाय संचालन भयो भने, आम्दानी बढने आर्थिक रुपमा सबलीकरण पनि हुने भएकाले दुवै देशमा आवजावमा सहजता ल्याउनमा अहम भुमिका खेलिदिन उनले क्षेत्राधिकारी अभिनाश वर्मा टनकपुर प्रहरीलाई आग्रह गरे ।

होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले बनबासा पुललाई अहिले को समय भन्दा बढी समय खोल्नका लागी आग्रह गरे जस्ले गर्दा भारतबाट आउने नेपाली पर्यटकहरुले जुन सुकै बेलामा पनि नेपाल आउन सके दुवै देशका नागरिकलाई सहज हुने बताए ।
टनकपुर प्रहरी क्षेत्राधिकारी अभिनाश वर्माले सिमानाकामा हुने गरेका कडाईलाई आफुले एसएसबीलाई जानकारी गराई कसरी चेकजाँचलाई सहज बनाउन सकिन्छ उक्त विषयमा छलफल गर्ने बताए ।

साथै भारतबाट नेपालमा जाने लागुऔषधका विषयमा पनि आफनो टिमले कडाईको साथमा काम गर्ने बताए । साथै उनले महेन्द्रनगरदेखी बनबासमा सम्म सिधै सवारी साधन संचालन विषयमा पनि छलफल गर्ने बताए । साथै उनले चेकजाँचका नाममा कसैलाई पनि दुख दिन नमिल्ने तर सिमानाकामा आफनो परिचय पत्र अनिवार्य देखाउनु पर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);