Sat, 21 Apr 2018
वरिष्ठ ज्योतिष भविष्यवक्ता अर्जुन नेपाल
वरिष्ठ ज्योतिष भविष्यवक्ता अर्जुन नेपाल

बैशाख ७ गतेको राशिफल

Date: 2075-01-07

मेष(चू , चे , चो , ला , लि , लु , ले , लो , अ)

सामान्य दिन छ । शारीरिक निर्वलताको महसुस,नोक्सानिको संभावना,अस्थिरताले सताउने,आफन्त देखि टाढिनु पर्ने तथा विवादको सृजना हुनेछ ।शुभ अङ्कहरुः६ र १ शुभ रङहरुःहरियो र कालो ।

बृष(इ , उ , ए , ओ , वा , वि , वु , वे , वो)

शुभ दिन छ ।आनन्दको अनुभूति,लाभदायी यात्रा,अर्थलाभ,समयको सदुपयोग हुने तथा शैक्षिक क्षेत्र सफल रहनेछ ।शुभ अङ्कहरुः७ र २ शुभ रङहरुःनीलो र कालो ।

मिथुन(क , कि , कु , घ , ङ, ग, छ , के , को , ह)

व्यययुक्त दिन छ ।अचानक ठलो धनराशि खर्च हुने,दिग्दारिताले सताउने,शिर दर्द,समस्याको सृजना तथा व्यपारमा घाटाको अनुभव हुनेछ । शुभ अङ्कहरुः८ र ९शुभ रङहरुःगाढा रातो र पहेलो ।

कर्कट(हि , हु , हे , हो , डा , डि , डु , डे , डो)

उपलव्धिमूलक दिन छ ।सहयोगले काम वन्ने छ ।उच्चपदस्थ व्यक्तिहरुसंग भेटघाट,साहित्य प्रति रुचि,सम्मानको योग तथा आर्थिक लाभको संभावना छ ।शुभ अङ्कहरुः१ र ९ शुभ रङहरुःरातो र पहेँलो ।

सिंह(मा , मि , मु , मे , मो , टा , टि , टु , टे)

अनुकूल दिन छ । आफन्तहरुको संझनाले सताउने,रमणियस्थलको यात्रामा परिने,लाभको संभावना,पारिवारिक मिलन हुने तथा आफन्त सहयोग यथेष्ट रुपमा मिल्नेछ ।शुभ अङ्कहरुः७ र १ शुभ रङहरुःनीलो,रेशमी सेतो र कालो ।

कन्या(टो , पा , पी , पू , ष, ड , ण , ठ , पे , पो)

भाग्य चम्किने दिन छ ।नसोंचेको सफलता मिल्ने,ईज्जत वढ्ने, मित्रहरुवाट सहयोग ,अध्ययनमा रुचि वढ्ने तथा इमान्दारिताको कदर हुने दिन छ ।शुभ अङ्कहरुः६ र २ शुभ रङहरुःहरियो र कालो ।

तुला(रा , रि , रु , रे , रो , ता , ति , तु , ते)

समस्याग्रस्त दिन छ ।अचानक विवादको सृजना,मुटु संवन्धि खरावी देखा पर्ने,व्यापारमा घाटा,प्रिय वस्तु हराउने तथा निकै चनाखो हुनु पर्नेछ ।शुभ अङ्कहरुः४ र ३ शुभ रङहरुःसेतो र पहेलो ।

बृश्चिक(तो , ना , नि , नु , ने , नो , या , यि , यु)

प्रशंसा मिल्नेछ । प्रतिस्पर्दामा विजयी,औषधीको काम काजमा परिने,भोजमा समावेस हुनु पर्ला,जोंस जागर वढेर आउने तथा राजनीतिमा सफलता मिल्ने ।शुभ अङ्कहरुः१ र ५ ।शुभ रङहरुःगाढा रातो र हल्का रातो ।

धनु(ये , यो , भा , मा , मू , ध , फ , ढ , भे)

समस्यामुलक दिन छ । विरोधिहरु नजिकै भएको अनुभव,धनको अभावले पिरोल्ने,मनमा त्रास उत्पन्न,व्यर्थ भ्रमण तथा मित्रतामा तिक्तता वढ्नेछ । शुभ अङ्कहरु ः २ र ३ शुभ रङहरुःनीलो,सेतो र हरियो ।

मकर(भो , जा , जी , जू , जे , जो , ख , खि , खु , खे , खो , गा , गी )

शुभ दिन छ । सोच्ने शक्तिमा वृद्धि हुने,अध्ययन प्रति चासो वढेर जाने,सन्तान सुख मिल्ने,अदालति कामकाजमा सफलता तथा सितलताको अनुभव हुनेछ ।शुभ अङ्कहरुः३ र ६ शुभ रङहरुःहरियो र नीलो ।

कुम्भ(गु , गे , गो , सा , सि , सू , से , सो , दा )

उपलव्धिमुलक दिन छ । मनमा आनन्दको अनुभव,पारिवारिक भोजमा परिने,आर्थिक लाभ,घरमा अतीथिको आगमन तथा दिदीको सहयोगले काम वन्नेछ । शुभ अङ्कहरुः४ र ८ शुभ रङहरुःसेतो र रातो ।

मीन(दी , दु , थ , झ , ञ, ज , दे , दो , चा , ची)

आम्दानी वढ्ने दिन छ ।साथी भाईको सहयोग मिल्ने,मनमा आनन्दको अनुभुति,धेरै अगाडि देखिको समस्यावाट मुक्ति,वाणीमा मिठासपना आउनेछ तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ ।शुभ अङ्कहरुः ५ र ३ शुभ रङहरुःहल्का रातो र पहेलो ।