आषाढ़-१५-२०७४

पर्यटक भित्राउदै वाल पेन्टीङ्ग

भीम मल्ल ४ वैशाख , धनकुटा । धनकुटा बजारलाई अकर्षक नगरको रुपमा बिकास गर्न वजार क्षेत्रको सार्बजानिक स्थलमा वाल पेन्टीङ्ग गर्र्न सुरु गरिएको छ । स्थानिय देउराली यूवाक्लवको संयोजनमा ललितकलाका बिद्यार्थीको समुहले बिभिन्न सार्बजानिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ्ग गर्न थालेका हुन् ।

 

स्थानिय बिहिबारे हटिया, मदन चौक चुवाको बोट, भिमसेनथान, डाँडा गाउ, बसपार्क लगायतको स्थानमा पेन्टीङ्ग गरिएको छ । सो स्थानमा धनकुटाको महत्व झल्काउने बिभिन्न पेन्टीङ्ग सहित साहित्यकार झमक घिमिरेको समेत चित्रण गरिएको छ ।

धनकुटाको चिनारीलाई थप सहयोग पुर्याउन पेन्टीङ्ग सुरु गरिएको देउराली यूवाक्लवका कोषाध्यक्ष आषिस राईले जानकारी दिनुभयो । यी पेन्टीङ्गले आन्तरीक तथा बाह्य पर्यटक प्रबर्दन गर्न मदत पुग्ने स्थानियको बुझाई छ ।

By: शशी शेखर घिमिरे

2 months ago | अर्थ ⁄ वाणिज्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News