बैसाख-१६-२०७४

दाङ जिल्लामा अवैध सन्चालित निजी क्लिनिकहरु दर्ताको प्रक्रियामा जादै

  • दाङ जिल्लामा अवैध सन्चालित  निजी क्लिनिकहरु दर्ताको प्रक्रियामा जादै

४ बैशाख,दाङ । दाङ जिल्लामा रहेका अधिकांश निजी क्लिनिकहरु यतिबेला दर्ताको प्रक्रियामा जानथालेका छन । जिल्ला जनस्वास्थ्य कार्यालयले दर्ता नभइकन संचालन भएका क्लिनिकहरु बन्द गर्ने सार्वजनिक सूचना जारि गरेपछि त्यस्ता क्लिनिकहरु दर्ताका लागी यतिबेला जनस्वास्थ्य कार्यालय धाउनथालेका हुन ।

 

धेरै वर्ष देखी अवैध रुपमा संचालमा आएका क्लिनिकहरु यतिवेला भने धमाधम दर्ता हुन थालेका छन् । दाङमा जनस्वास्थ्य कार्यालयमा सम्पर्कका लागी पुगेका ७६ वटा क्लीनिक मध्ये ४५ ओटा नयाँ दर्ता भएको कार्यालयले जनाएको छ । ती मध्ये अधिकांश क्लिनिकहरु धेरै वर्षदेखी सञ्चालनमा रहेका थिए । स्वास्थ्य मन्त्रालयको निर्देशन तथा नयाँ निर्देशिका अनुसार कडाई गरेको २ महिनाको अबधीमा दाङ जिल्लामा थप ४५ स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता भएका हुन् ।

 

मन्त्रालयले २०७३ पुस महिनामा निर्देशिका जारी गरी निजी रुपमा सञ्चालन भएका स्वास्थ्य संस्थाहरुलाई फागुन मसान्तभित्र मापदण्ड पुरा गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन समय दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस अघि जम्मा ३१ बटा स्वास्थ्य संस्था मात्र दर्ता भएकामा कार्यालयले सार्बजनिक सूचना जारी गरेपछि आधा बढी स्वास्थ्य संस्थाले ५ दोब्बर दस्तुर तिरेर कार्यालयमा दर्ता भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले बताउनु भयो ।

By:

1 week ago | स्वास्थ्य

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News