श्रावण-१२-२०७४

५० बर्ष हुदा सम्म पनि राज्यको नजर पुगेन

  • ५० बर्ष हुदा सम्म पनि राज्यको नजर पुगेन

 

 

गोपाल भट्टराई दाङ ,२ बैशाष स्थापना भएको झण्डै ५० बर्ष सम्म पनि राज्यको आँखा पुग्न नसकेको पश्चिम दाङको माबि तुलसीपुर धनौरीलाई दाताहरुको सहयोगमा सञ्चालन गरिदै आएको छ । २०२५ सालमा प्राबि तहका लागि स्वीकृत प्राप्त गरि सञ्चालनमा ल्याईको उक्त बिद्यालय हाल माबि तह सम्म सञ्चालनमा छ । झण्डै ५ सय बिद्यार्थी संख्या रहेको उक्त बिद्यालय पश्चिम दाङको ग्रामीण बस्तीमा छ । राज्यको कुनैपनि निकायबाट महत्व नदिइएको माबि तुलसीपुर धनौरीलाई भने दाताहरुले सहयोग गरि ग्रामीण क्षेत्रमा शिक्षा प्रदानमा सहयोग पुरयाउदै आएका छन् । ५ लाख रुपैया बराबरको जग्गा प्रदान गरि स्थानिय टेकबहादुर डाँगी र श्रीमती ईन्द्री डाँगीले भीम गणेश पुस्तकालय भवन स्थापना गरिदिनुभएको छ । डाँगी दम्पत्तीले बिद्यालयलाई उक्त भवन आज शुक्रबार हस्तान्तरण गर्नुभएको छ ।

 

बिद्यालयका प्रधानाध्यापक दामोदर गौतम र बिद्यालय ब्यबस्थापन समितीका कार्यबाहक अध्यक्ष पीमलाल वलीलाई पुस्तकालय भवनको चाबी हस्तान्तरण गर्नुभएको हो । २०५६ सालमा निमाबि र २०६६ सालमा माबिको अनुमति प्राप्त गरेको माबि तुलसीपुर धनौरीमा हाल सम्म प्राबि र निमाबि तहका ५ जना स्थायी शिक्षकहरु छन् । १७ जना मध्ये माबि तहमा २,निमाबिमा ३ र प्राबिमा १ जना गरि ६ जना राहत शिक्षक छन भने अन्य शिक्षकहरु निजी श्रोतका छन् । माबि तहको अनुमति प्राप्त उक्त बिद्यालय सञ्चालनका लागि महोत्स र महायज्ञ सञ्चालन गर्ने गरिएको बिद्यालयका प्रधानाध्यक दामोदर गौतमले जानकारी दिनुभयो ।

 

बिद्यालयको हाताभीत्र सञ्चालनमा ल्याईएको पुस्तकालय हस्तान्तरण कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष पीमलाल वलीको अध्यक्षतामा भएको थियो । उक्त अबसरमा जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरीक्षक नारायणप्रसाद पौड्ेलले उक्त बिद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको स्वीकार गर्नुभयो । उहाले यसपटक माबि तहका २ जना शिक्षकको ब्यबस्था गर्ने आश्वसन दिनुभयो ।

 

बिद्यालयका संस्थापक अध्यक्ष तिर्थबहादुर डाँगीले बिद्यालय स्थापना गरेको २०२५ सालको स्मरण गर्दै पूर्बाधारको क्षेत्रमा सहयोग हुन नसकेको गुनासो गर्नुभयो । तत्कालीन संस्थापकहरु मध्ये आफु एकजना मात्र जीबित रहेको र बिद्यालयको बिकास हुने ईच्छा रहेको बताउनुभयो । दाता टेकबहादुर डाँगीले पुस्तकालयबाट बालबालीको चौतफी बिकास हुने अपेक्षा गर्नुभयो । उहाले भन्नुभयो,ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका बिद्यालयका बालबालीकाहरुलाई पुस्तकालयको आबश्यक्ता आफूले महसुस गरेको बताउनुभयो ।

By: शशी शेखर घिमिरे

3 months ago | सामाजिक

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!